पोखरा, भदौ १३
बर्तमान समयमा मानब सेवा गर्नका लागि हजारौं संघसंस्था खुलेका छ्न ।खोलिएका ती संस्थाहरु कतिले मानब सेवाको क्षेत्रमा सम्मानजनक काम गरि रहेका छ्न त कति संस्था पछाडि नै परि रहेका छ्न । ती सम्मानजनक काम गर्ने संस्था मध्ये एक हो ललितपुरमा रहेको मानव सेवा आश्रम । नेपाललाइ मानबियताको देश बनाउने र कोहि पनि भोको र नाङ्गो भएर मागेर खान नपरोस र उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले खोलिएको आश्रमले मङगलबार(आज) ७ जनाको उद्दार गरेको छ ।
११ जनालाइ उद्दार गर्ने प्रयास गरे पनि १ जनाको आफन्त भेटिएको र बाकी ३ जना दुर्बयसनिमा फसेकाले उद्दार गर्न आफुहरुलाइ कठिनाइ भएको मानव सेवा आश्रमका संयोजक धर्म प्रसाद पौडेलले जानकारी दिनु भयो ।
त्यस्तै अन्य बाकी रहेका ७ जनालाइ मानव सेवा आश्रमले नै औषधि उपचारका साथै सधैका लागि आश्रममा नै लालन पालन गर्ने र यस्तो किसिमको काम गर्न एकल प्रयासले मात्र नहुने हुनाले यसमा सबैको साथ आबशयक पर्ने मानव अधिकार कर्मी एबम सामाजिक अभियन्ता दुर्गा नाथ दाहालले बताउनु भयो । २०७३ असोज २० गतेबाट मानव सेवा गर्न खोलिएको आश्रममा अहिले ४० जना आश्रित रहेको संयोजक पौडेलले जानकारी दिनु भयो |

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter