बैशाख २६, पोखरा /अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका शल्य चिकित्सकहरूले संसारमै पहिलो पटक लिंग तथा अण्डकोष प्रत्यारोपण गरेर नयाँ उपलब्धि हासिल गरेका छन् । उक्त प्रत्यारोपणबाट अफगानिस्तानमा घाइते भएका एक अमेरिकी सैनिकले नयाँ जीवन प्राप्त गरेका छन् ।

उक्त प्रत्यारोपणका क्रममा पहिलो पटक लिंग, एब्डोमिनल वाल र अण्डकोषलाई एक मृत व्यक्तिबाट घाइते सैनिकमा सारिएको थियो । यसमा बिरामी सैनिकको छाला, मांसपेशी, स्नायु, हड्डीका साथै रक्तनलीसमेत परिवर्तन गरिएको छ । रोगीलाई इन्फेक्सनबाट जोगाउन आवश्यक तन्तुसमेत मृत ब्यक्तिबाटै निकालिएको थियो ।

उक्त शल्यक्रियामा ९ जना प्लाष्टिक सर्जन तथा २ जना युरोलोजिकल सर्जन संलग्न थिए । उनीहरूले १४ घण्टासम्म लगातार शल्यक्रिया गरेका थिए । शल्यक्रियापश्चात् सामान्य महसुस गरेको बताउने घाइते सैनिकलाई केही दिनमै डिस्चार्ज गरिने बताइएको छ । यद्यपि उनका सबै अंगले पूर्ण रूपमा काम गर्न भने ६ महिना लाग्नेछ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter