इटहरी/ हिरा नाम गरेको भैसीले सुन्दरीको उपाधि हासील गरेकी छन । इटहरीमा आयोजना गरिएको भैसी सुन्दरी प्रतियोगिता ३८ जना भैसीलाई उछिन्दै मिठुमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि पाएकी हुन ।

बातावरण तथा पर्याबरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा हिराले ११ हजार रुपियाँ नगद सहित निःशु्ल्क बिमाको अवसर समेत प्राप्त गरेकी छिन । भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको चम्पा नामको भैसीले दोस्रो उपाधी सहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधी दाहालको काली नामकी भैसीले ५ हजार रुपियाँ पुरस्कार पाएका छन ।

यस्तै किसान हरिप्रसाद नेपालको काली नाम गरेकै भैसीले ३५ सय रुपियाँ तथा पाँचौ हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामकै भेसीले २५ सय रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा बिजयी सबै भैसीको आयोजनकले बीमाको अवसर समेत उपलब्ध गराएको छ । प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्दैका भैसी बैञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैसी जाँच गरी सुन्दरी प्रतियोगितामा ल्याईएका भैसी मध्ये उत्कष्ठताको निर्णय गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter