बैशाख ३१, धरान / सदस्यता बनेवापत कोशी टप्पुमा जग्गा उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई सदस्यता बनाउदै गरेको अवस्थामा नेशनल मंगोलयन अर्गनाइजेशनका कार्यकर्तालाई प्रहरीले नियन्यत्रमा लिएको छ । धरान १५ सदन रोडमा रहेको कार्यालयमा मंगोलियनका कार्यकर्ताहरुले सदस्यता बने कोशी टप्पुमा जग्गा उपलब्ध गराउने भन्दै भटाभट सदस्यता बनाउदै गरेको सुराकीको आधारमा छापा मार्दा सोही पाइएकोले चारजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रमख डिएसपी रामेश्व पौडलेले बताउनुभयो ।

प्रक्राउ परेका पार्टीका व्यक्तिको नाम उल्लेख नगरे पनि अर्गनाइजेसनका जिल्ला सदस्य काजीमान राई, नरबहादु राई लगायतका कार्यकर्तालाई प्रक्राउ गरिएको बुझिएको छ । पीडितको बयान र प्रहरीले बरामद गरेको नागरिकता लगायतका कागजातबाट समेत प्रष्ट भएकोले उनीहरुको विषयमा छानविन भइरहेको बताउदै अहिले उनीहरुलाई सार्वजनिक मुद्दा अनुरुप कारबाही अगाडि बढाइने बताउनुभयो ।

यस विषयमा पीडित सर्वसाधारणले समेत आफूहरुलाई जग्गा दिन्छु भनी उनीहरुले सदस्यता वितरण गरेको गुनासो पोखे । प्रहरीले उनीहरुले जग्गा दिनका लागि भर्ने गरिएको फर्मसहित ५० भन्दा बढी सर्वसाधारणको नागरिकता समेत बरामद गरेको छ भने धरान ६ की चन्द्रकुमारी तामाङ, धरान ३ की माया तामाङ र धरान २ की वृहसमाया तामाङले त प्रहरीमा लिखित बयान नै दिएका छन् ।

यस विषयमा नेशनल मंगोलियन पार्टीका केन्द्रीय सदस्य दिनेश राईले आफूहरु संगठित हुदा राज्यबाट दमन गर्न खोजिएको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य राईले यस्तो जवाफ दिइरहदा डिएसपी पौडेलले भने यो सरासर ठगी कार्य भएकोले कतैबाट दबाब आएपनि कारबाही गरेरै छाड्न दाबी गर्नुभएको छ । सदस्यतावापत उनीहरुले प्रत्येकसंग ५० रुपैया लिने गरेको समेत डिएसपी पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter