जेष्ठ १, भैरहवा- माओवादी सशस्त्र युद्धकालमा विस्थापित भएका रूपन्देहीका नेपाल–भारत सिमानाका छोटी भन्सार अझै पुर्नस्थापना भएका छैनन । छोटी भन्सार पुर्नस्थापना नहुँदा दैनिक लाखौँ राजस्व चुहावट भइरहेको छ । भैरहवा भन्सार कार्यालय मातहातमा रहेका रूपन्देहीका ७ वटा छोटी भन्सारमध्ये पाँच वटा बन्द छन् ।

बुचिबरेवा, अमुवा, पक्लिहवा, बेथरी, मन्झरिया छोटी भन्सार द्वन्द्वकालदेखि बन्द रहेको भन्सारका सूचना अधिकृत कलीराम पौडेलले लुम्बिनी र थुमुवा छोटी भन्सार सञ्चालनमा रहेको बताउनुभयो ।थुमुवा छोटी भन्सारमा भैरहवा भन्सार कार्यालयले कर्मचारी नपठाउदा कार्यालयले नेपाल प्रवेशका लागि नजिकको बजारसम्म भारतीय गाडी अनुमतिपत्र मात्रै बनाउने गरेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter