३ जेठ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीमा प्रवेशको लहर चलेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको एक दिन पहिले मात्रै माओवादी केन्द्रका करिब पाँच सय नेता कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन् ।

पार्टीको कर्णाली व्यूरोले संचालन गरेको ‘एकीकृत जनजागरण अभियान’को क्रममा कर्णालीका कालिकोट, जुम्मा। मुगुमा नेकपामा प्रवेश गर्नेको लहर चलेको हो ।

कालिकोटबाट ३ सय २०, जुम्मामा १८० र मुगुबाट १ सय २३ जनाले नेकपामा प्रवेश गरेका छन् । उनीहरु फाटफुट एमाले, जनमोर्चा, मालेका कार्यकर्ता भएपनि करिब पाँच जति माओवादी केन्द्रका नेता–कार्यकर्ता भएको नेकपा कर्णाली ब्यूरोले जनाएको छ ।

नवप्रवेशीहरूलाई नेकपाका जिल्ला नेताहरुले स्वागत गरेका थिए । उनीहरुले पार्टीका महासचिवले शुभकामना तथा बधाई सन्देश पठाएको समेत बताएका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter