लोक तथा संगीत क्षेत्रमा चलेको नाम हो नवराज गौतम , गौतम पोखराका हुन् । उनी लोकदोहोरी क्षेत्रमा सफल अनि निकै रुचाइएका रचनाकार हुन् । गौतमको आफ्नै म्युजिक कम्पनी छ ,श्रीमतीको नाम राखेर लिला म्युजिक प्रा.ली संचालन त गरे तर धेरै समय नबित्दै गौतमका गितहरु बजारमा कमै भेटिए, सुन्न इच्छा राख्ने लोक संगीत प्रेमीहरुले गौतमको गीतहरु सुन्न नपाएको गुनासो गरे।
मार्मिक तथा समाजमा रहेका बिषयलाई संगीतमा ढाल्नेकं गर्थ्ये गौतमले , गौतमले लेखेका लगभग सबै गीतहरु हिट नै छन् , तिम्रो मेरो सम्बन्ध धेरै माथि हो ,खरको छानो चुहिने भयो रे, यो मोबाइल अफ गरेको छु ,आँशु मात्रै गए, यथार्थ हो सानु ,सिसा जस्तै फुटेका ,हजार जुनी जुनी, वारी मा छु परि रानी बन आदि गीतहरु बजारमा निकै चलेका गीतहरु हुन् ।
गौतम रेडियो बाराहीमा निकै लामो समयसम्म काम गरे उनीले रेडियोमा कार्यक्रम प्रस्तोता तथा समाचार पनि पढ्ने गर्थे । उनीको कार्यक्रम मन नपराउने भेट्न गरे पर्थ्यो । अन्य कार्यक्रममा पनि नवराज गौतमको खोजी हुने गर्थ्यो । लोकप्रेमीहरुको कुरा सुनेर हामीले नवराज गौतमको खोजी सुरु गर्यौ गौतम अहिले जापानमा रहेछन् , गौतम जापानको रेस्टुरेन्टमा गित गाउदै थिए साएद नेपाली संगीत क्षेत्रमा काम गर्नेहरुको लागी उचित बजार व्यवस्थापन नभएर होला गौतम जापान प्रस्थान गरेका जापानमा भए पनि संगीतको माया भने नमारेको भेट्यौ गौतमलाई ।