महोत्तरी ,८ जेठ। महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै मितिनीले सोमबार छिमेकीको घरमा भइरहेको पूजा हेरेर प्रसाद लिई घरमा आएपछि आमाले कहाँ गएको भन्दै गाली गरेपछि दुवै मितिनीले बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी किनेर आँपको बगैँचामा गएर सोही विषादी दुवैजनाले खाँदा उनीहरुको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

दुवै मितिनी अबेर साँझ बगैँचामा बेहोस अवस्थामा फेला परेपछि परिवारजन र छिमेकीले उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकोमा उपचारकै क्रममा दुवै मितिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक दुवै मितिनीको शव परीक्षणपश्चात् आज परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter