प्रेमगीत, प्रेमगीत २ जस्ता हिट चलचित्र बनाउन सफल निर्माता संतोष सेनले आसुसेन फिल्म्स ब्यानर बाट निर्मित हुने चौथो चलचित्रमा आफ्नो कान्छो छोरा यानिकी अायुव सेन मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

आयूव सेन मुख्य भूमिकामा खेल्ने जुन नेपाली चलचित्र क्षेत्रमा पहिलो कान्छो बालकलाकार कहलिनेछन् छन् । चलचित्रमा आमा र छोराको सम्बन्धलाई नजिक बाट नियलिनेछ । यस विषयमा निकैनै कम् चलचित्र भन्ने गर्छन् र यो बालमनोवज्ञान सम्बन्धित भएकाले जटिल पनि हुन्छ यस चुनौतीलाई स्वीकार्दै निर्माता संतोष सेनले दर्शकलाई नयाँ स्वाद र सन्देश दिन तम्तयार छन् ।

यस चलचित्र स्तरीयको बनाउनका लागि फेद बाटनै निकै मेहनत गरिरहेकाछन् । ६ महिना अगाडि देखि अयुव सेन मण्डेला नाटकघरमा तयारीका लागि जुटेकाछन् । स्क्रिप, कलाकार, निर्देशक छनोट जस्ता सबै कुरामा निर्माताले निकै मेहनत गरेकाछन् ।

हाल चलचित्रको गीत रेकरडिङ भइरहेको छ भने छायांकन कहीं समयमै हुने भएको छ। यस चलचत्रको नाम र कलाकारको नाम भने अहिले सम्म सार्वजनिक भइसकेको छैन ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter