पोखरा, जेठ ९ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ जामुनवोटमा स्थित रत्न आधारभूत विद्यालयको स्वामित्वमा रहेको १३८ रोपनी जग्गामा चलखेल वढेको छ । हालै सो विद्यालयमा गणपुरक विद्यार्थी नपुगेर विद्यालय नै खारेज भएपछि विद्यालयको जग्गामाथि विभिन्न संस्थाले आँखा गाडेका हुन् ।

करिव ३ अर्व वरावरको विद्यालयको जग्गामा रातारात स्थानीय जनप्रतिनिधि र माफियाको मिलेमतोमा चलखेल बढको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

हाल सो विद्यालयको जग्गामा भूमाफियाको चलखेलमा जग्गा अन्य प्रयोजनको लागि दिने गोप्य सहमति गरेको वुझिएको छ । शिक्षण संस्था वाहेकको कुनै एक प्रचार संस्था राख्ने भन्दै भूमाफियाहरुले जग्गामा आँखा लगाएपछि महानगरपालिका र प्रदेश सरकारका उद्योग मन्त्रालयले समेत मौनता साँधेको स्थानीयवासीले गुनासो गरेका छन् ।

विद्यालयको जग्गा विद्यालय खारेज भएपनि शिक्षण संस्थाको लागि नै प्रयोग गरिनु पर्ने स्थानीय सौरेखोला गुप्तेश्वर टोल विकास संस्थका अध्यक्ष प्रजापति अधिकारीले वताए ।

स्थानीय नागरिकको सहमति विना सो जग्गा प्रयोजन गर्न चलखेल वढेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । जग्गामा माफियाहरुको आँखा गड्यो हिजोको निर्वाचनका वेला भएका लनदेनको सौदावाजी जस्तो देखिन्छ स्थानीय आदर्शवस्ती टोल विकास संस्थाका सचिव कमल भण्डारीले गुनासो गरे ।

यता वडा नं १८ का वडा अध्यक्ष रणवहादुर थापाले विद्यालयको नाउँमा रहेको जग्गा व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयको माग अनुसार महानगरपालिकाले उसलाई नै दिने वारे छलफल भईरहेको वताए । त्यसका लागि वुधवार विहान सर्वपक्षीय छलफल डाकिएको उनले जानकारी दिएका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter