काठमाडौं, ९ जेठ– केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग श्रीमती राधिको शाक्यसहितको गरि ७७ लाख रुपैयाँ वैंक व्यालेन्स रहेको छ ।
प्रधानमन्त्री केपी ओलीको आफ्नो नाममा एभरेस्ट बैंक मा ४२ लाख रकम मौजाद रहेको उल्लेख गरिएको छ ।

त्यस्तै ओली पत्नी राधिकाको नाममा माछापुच्छ«े बैंक, प्रभु बैंक राष्ट्रिय बचत पत्रमा गरि ३५ लाख रकम रहेको छ । शाक्य नेपाल राष्ट्र बैंककी पूर्व प्रथम श्रेणीकी कर्मचारी हुन् ।
त्यसैगरि प्रधानमन्त्री ओलीको पत्नी राधिकाको नाममा भक्तपुर सूर्यविनायक नगरपालिका २ मा साढे एक रोपनी जग्गामा बनेको तीन तल्ले दुईबटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै झापामा शाक्यको नाममा १० कठ्ठा जमिन रहेको छ जुन स्वआर्जनबाट प्राप्त भएको जनाइएको छ ।
ओलीले पेश गरेको सम्पत्ति विरणमा सुनका गरगहना १७ तोला रहेको उल्लेख गरिएको जनाइएको छ ।