मोरङ, १० जेठ / मोरङको पथरीशनिश्चरे ७ मा निर्माणधिन पथरी खोला पक्की पुलमा योजना स्टमेट अनुसार काम नभएको भन्दै स्थानिय आक्रोशित बनेका छन । नगरपालिकाको ३५ लाख, स्थानियको ५ लाख २५ हजार र जन श्रमदान बाट ५७ हजार ४ सय ८१ गरी कुल ४० लाख ८२ लाख ४ सय ८१ लागतमा बन्दै गरेको पुलमा आर्थिक चलखेल भएर मापदण्ड बिपरित भएको उपभोक्ता अनुगमन समितीका सदस्य बाबुराम शेर्मा बताँउछन । पुल निर्माण कार्यमा स्टमेट अनुसारको रड, दुरी र ढलाईमा सिमेन्ट प्रयोग नगरेको सदस्य शेर्मा र स्थानिय युवाहरु बताउँछन । पुलको पखेटा निर्माणमा मसला, बालुवा, गिटी र सिमेन्टको मात्रा नपुगेर ढलाई राम्रो संग नभई प्लस्टर गरेको प्रष्ट देखिन्छ ।
स्टमेट भन्दा सानो र फराकिलो रड भएपछि स्थानियले काम रोक्न अनुरोध गर्दा समिती र काम जिम्मा लिएका ब्याक्तीले बेवास्ता गरी स्याल्याप सम्मको काम अगाडी बढाएको स्थानियको गुनासो छ । यति काम हुँदा सम्म पनि नगरपालिकाबाट कुनै अनुगमन नभएको स्थानियको आरोप छ ।
स्थानिय युवा मौसम लिम्बुले स्टमेट अनुसारको काम नभएको शंका लागी स्टमेट हेर्न माग्दा नपाएको र नगरपलिकामा पनि धेरै लामो प्रयास पछि सुचनाको हक ४० रुपयाँको रसिद काटेर मात्र पाएको गुनासो गरेका छन । आफुलाई अनुभव नरहेको र ठेकेदाार र प्राबिधिकहरुको सल्लाह अनुसार सबै कार्य हुदै आएको र उहाँहरुले भने बमोजिम आफुले सबै काम गर्दै आएको उपभोत्ता समितिका अध्यक्ष विष्णु धिमालले बताए । धिमालले राम्रो र नराम्रो छुटयाउन सक्ने मानिस र समितीले काममा बेवास्ता गरेको उल्टै आरोप लगाए ।
ठुलो योजना अनुसारको काम गर्दा पनि सर्बपक्षीय सन्तुलन मिलाएर काम नभएको आफुलाई पनि अनुगमन समितीको संयोजक बनायौँ भन्दै जानकरी दिएको तर हाल सम्म के के काम भयो भएन, कति हुदै छ कति मिटिङ, बैठक बस्यो भन्ने कुनै दिन जानकारी नभएको अनुगमन समितीका संयोजक जहरमान लिम्बुले बताउँछन । हाल सम्मको काम स्टमेट अनुसारको काम भै रहेको ४ महिना लाग्ने काम १ महिनामै हुदै गरेको तर काम गर्दै जाँदा कहि कतै केही कमजोरी हुन्छ त्यो कमजोरीलाई पहाड बनाई विकास निर्माणमा राजनितीकरण गरेको काम जिम्मा लिएका कामदार विक्रम लिम्बु बताउँछन । यता अनुगमन समितीकी संयोजक तथा उपमेयर यमुना बाँस्लोला (बिष्ट) ले भने काम मापदन्ड अनुरुप भैरहेको र आफुले अनुगमन समय समयमा गर्दै आएको बताएकी छिन ।