पोखरा ११ जेठ / पोखरामा सार्वजनिक स्थलमा चुरोटको सेवन गर्ने १४ जना प्रहरीको कारवाहीमा परेका छन् ।सार्वजनिक स्थलमा चुरोट सेवन गरिरहेको अवस्थामा पोखरा लेखनाथ महानगर – ६ बैदामबाट २ जना र रामबजार बाट १२ जना गरी जम्मा १४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले १४ जनालाई गरेको कारवाहीबाट १४ सय राजश्व संकलन भएको बताएको छ ।

सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गर्ने भन्ने नेपाल सरकारको निति अनुरुप कास्कीमा बिहिबारदेखि अभियानकै रुपमा लागु गरी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter