जेठ १६, इटहरी / २४ घण्टा प्रहरीको उपस्थिति रहने इटहरीको मुख्य चौक नजिक सटर फोडेर दुईवटा पसल चोरी भएका छन् ।
इटहरी उपमहानगरपालिका–६ स्थित मेरो कम्युनिकेशन मोवाईल पसल र खेतीखोला नजिकै रहेको पशुपति रोड केरियरमा एकै पटक गए राती दुई ठाँउमा चोरी भएका हुन ।

दुबै पसल गरी १० लाख रुपियाँ बढिको सामान र नगद चोरी भएको ब्यवसायीहरुले बताएका छन् । मेरो कम्युनिकेशन मोवाईल पसलका संञ्चालक दिपक कायस्थले आफ्नो मोवाईल पसलबाट कम्तिमा ८ लाख बढी मुल्य बराबरको मोवाईलहरु चोरी भएको बताए ।

चोरी बिहान भएको कायस्थाले बताए । ४ बजे सुरक्षा गार्ड घर जाने समय भएकाले सोही मौकाका सटर फोडेर चोरी भएको उनको भनाई छ ।
यस्तै खेती खोला नजिक रहेको पशुपति रोड केरियरमा पनि सटर फोडेर गल्ला भित्र रहेको दुई लाख ५० हजार नगद चोरी भएको व्यवसायी केशव प्रसाद गेलालले जानकारी दिए ।

चोरीको विषयमा ब्यापारीहरुले प्रहरी प्रशासनको कमजोरीकै कारणले चोरी भएको आरोप लगाएका छन ।

घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको इटहरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter