पोखरा १७, जेठ । युनीका फउन्डेसन नेदरल्याण्डको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी कास्कीको आयोजनामा कास्की जिल्लाको मादि गाँउपालीका ८ स्थित रबैडाँडामा १३७ घरधुरीलाई मंगलबार निशुल्क सुधारीएको फलामे चुल्हो बितरण गरीएको छ ।

१३७ घर धुरीका उपभोक्ताहरुको उपस्थितिमा सम्पन्न उक्त चुल्हो हस्तान्तरण सभाकोे उद्घाटन नेपाल रेडक्रस सोसाईटी कास्कीका कार्य समितिका सदस्य एवं जुनियर युवा समितिका संयोजक बिष्णुप्रसाद भण्डारी र मादी गाँउपालिकाका उपप्रमुख बिष्णु पौडेल आचार्यले उपभोक्तालाई संयुक्त रुपमा चुल्हो हस्तान्तरण गरी गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका उपप्रमुख बिष्णु पौडेलले कास्की रेडक्रसले मानबिय कामका साथै बिकासका कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएकाले आगामी दिनमापनि सहकार्य गर्न गाँउपालिका तयार रहेको बताउनु भयो ।

बिशिष्ठ अतिथि रेडक्रस कास्कीका कार्य समिति सदस्य बिष्णुप्रसाद भण्डारीले दाउरा मार्फत बल्ने उक्त चुल्होलो गृहणीहरुको जिबनस्तरमा सुधार ल्याई धुवाको कारणले फोक्सो माहुने खराबिलाई निर्मुल पार्न र दिगो बिकासका लागि बिश्व समुदायसँगै नेपाल सरकारले गरेको प्रतिबद्धता कार्यन्वयनमा सुधारीएको चुल्हो उपयोगी हुने बताउनुभयो ।

एका तर्फ वर्षेनी हजारौ टन दाउराहरु उपयोग बिना नै कुहिएर जाने अर्को तर्फ बिकल्पमा नबिकरण गर्न नसकिने उर्जाका रुपमा बढ्दो प्रयोग हुदै आएको ग्याँसको प्रयोग लाई न्युनीकरण गरी ग्रमिण समुदायको आर्थीक स्तरसमेत सुधार ल्याई दिगो बिकासमा टेवापुग्ने बताउनु भयो ।

खानेपानी, सरसफाई तथा चुल्हो ब्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रेडक्रस कास्की शाखाका सुधारीएको चुल्हो काफोकल पर्सन सञ्जय पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter