काठमाडौँ, १८ जेठ । नेपाली काँग्रेसले शुक्रबार बिहान पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले घटनामा दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यभालको कामना गरेका छन् ।
बिहान तानसेनबाट रामपुर जान लागेको लु १ ख ९७५ नं को यात्रुवाहक बस रम्भा गापा ४, होमिनमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।