काठमाडौँ, २० जेठ/ पटक पटक विवाद आउने भारतीय कलाकार सलमान खान फेरि विवादमा आएका छन् । उनको भारतका विभिन्न स्थानमा सलमानको पुत्ला जलाइएको छ ।
सलमानले हिन्द्रहरुको अपमान गरेको भन्दै विरोध भएको छ । सलमान खान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘लवरात्रि’ का कारण विवाद पैदा भएको हो । सलमानकी बहिनी अर्पिताका श्रीमान आयुष शर्माले निर्माण गरेको उक्त चलचित्रले हिन्दूहरुको भावनामा ठेस पुर्याएको भन्दै विरोध भएको छ । चलचित्र केही दिनमै सार्वजनिक हुँदैछ ।
भारतीय संचार माध्यमहरुका अनुसार सलमानलाई सार्वजनिक स्थलमा पिट्नका लागि विश्व हिन्दु परिषदका पूवअध्यक्ष प्रवीण तोगडियाका साथी गोविन्द पराशरले दुई लाख पुरस्कार घोषणा गरेका छन् । पराशरले सलमानमाथि मानिसहरुलाई भावनामा ठेस पुर्याएको आरोप लगाएका छन् ।
नवरात्रीसँग जोडेर चलचित्रको ‘लवरात्रि’ नाम राखेको हिन्दूहरुको आरोप छ । हिन्दू महासंघका कार्यकर्ताले सलमानका फिल्मका पोस्टर जलाएका छन् । उनीहरुले फिल्मको विरोधमा नाराबाजी पनि गरे ।
‘हिन्दू ही आगे’ नामको संस्थाको सिटी युनिटको अध्यक्ष समेत रहेका पराशरले ‘नवरात्रि’ एउटा धार्मिक पर्व भएको बताउँदै योसँग लाखौँ हिन्दूहरुको भावना जोडिएको बताए । उनल सलमानको निन्दा गर्दै फिल्ममाथि प्रतिबन्धको माग समेत गरे ।
विरोध सभामा बोल्दै पराशरले सार्वजनिक ठाउँमा सलमान खानलाई पिट्नेलाई २ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।