हेटौंडा, २१ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिका नाममा पृकथतावाद जस्तो देशद्रोहको बाटोमा नजान आग्रह गर्नुभएको छ ।

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकलाई सोमवार हेटौंडामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पृथकतावाद नेपाललाई कुनैपनि हालतमा स्वीकार्य नहुने बताउनु भयो । 
‘कहाँ थियो, कहिले थियो मधेश भन्ने देश ?’ उहाँले प्रश्न गर्नुभयो ।

‘पृथकतावाद नेपाललाई कुनैपनि हालतमा स्वीकार्य हुँदैन । भन्ने शान्तिपूर्ण हो, पृथकतावादको तयारीका लागि शान्तिपूर्ण भनिएको हो’ कुनै समूहको नाम नलिइ प्रधानमन्त्री ओलीेले भन्नुभयो, ‘पृकथतावाद जस्तो देशद्रोही बाटोमा नजान र क्रान्ति परिवर्तनका नाममा हिंसात्मक कुराहरु नगर्न, क्रान्ति नै गर्छु भन्ने असम्भव भ्रममा नलाग्न आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको भन्दै त्यस्ता गतिविधि भए शैह्य नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको आशय विप्लब नेतृत्वको नेकपा र तराइमा पृथकतावादको नारा लगाइरहेको सीके राउत समूहप्रति लक्षित रहेको आकलन गर्न सकिन्थ्यो ।

नेपालमा शान्ति हुन नदिन, विकास हुन नदिने र युवालाई विदेश पठाएर काठका बाकसमा फिर्ता गर्ने शिलशिला अब नचल्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter