काठमाडौँ,२४ जेठ/ दुइ तिहाई बहुमतको सत्ता गठबन्धनले कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अघि सारेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमका नेताहरुले सार्वजनिक रुपमै कार्यकारी राष्ट्रपति सहितको शासन प्रणालीको वकालत गर्न थालेपछि प्रतिपक्षी नेपाली कांग्रेस भने सशंकित बनेको छ । रिपोर्ट –
सत्ता सहयात्री दल संघीय समाजवादी फोरम समेत प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा छ ।
राष्ट्रपति संबैधानिक र प्रधानमन्त्री कार्यकारी रहने संसदीय शासन प्रणाली अपनाउने सहमतिमै संविधानसभाबाट संविधान जारी भएको थियो । निर्वाचन जितेलगत्तै सत्ता गठबन्धनले कार्यकारी राष्ट्रपतिका निम्ति संविधान संशोधनको वकालत गर्नु संविधान असफल बनाउने खेल रहेको प्रतिपक्षी कांग्रेसको टप्पणी छ ।
संविधान संशोधन गर्न चाहिने दुई तिहाई बहुमत सरकारसँग छ । तर संविधान कार्यन्वयनको पहिलो खुड्किलोमै संशोधन गरेर शासकीय स्वरुप नै परिवर्तन गर्न खोज्दा आर्थिक सम्वृद्धीको यात्रा बिथोलिने र फेरि राजनीतिक अस्थिरता सुरू हुन सक्नेछ ।