विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई तीन शून्यले हराएको छ । बिश्वोकपको तयारीमा रहेको अर्को टिम इजिप्टलाई बेल्जियमले ३–० गोल अन्तरले पराजित गरेको हो । किंग्स बाउडौइन रंगशालामा भएको खेलमा बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकु, इडेन हाजार्ड र मरौएनफेलाइनीले समान १–१ गोल गरे ।
खेलको२७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ३८औं मिनेटमा इडेनहजार्डले बेल्जियमका लागि दोस्रो गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बेल्जियमले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा तेस्रो गोल गर्याे । उसका लागि मारुवान फेलीनीलेगोलगर्न सफल भए । यो हारले इजिप्टलाई विश्वकप तयारीमा केही धक्का पुगेको छ । यस्तै, अर्को खेलमा विश्वकपमा सहभागि भएको टिम पानामा नर्वेसँग एक शून्यले पराजित भयो भने नाइजेरीया चेक रिपब्लिकसँग एक शून्यले हार्न पुग्यो ।
विश्वकपको समूह जी मा रहेको बेल्जियमसँगै यो समूहमा पानामा,इंग्ल्याण्ड र टुनिसिया रहेकाछन्। त्यस्तै, समूहए मा रहेको इजिप्टसँगै आयोजक रसिया, साउदी अरब र उरुग्वे रहेका छन् । विश्वकप यही जुन १४ देखि रसियाको विभिन्न १२ रंगशालामा हुँदैछ ।