पोखराको विभिन्न स्थानमा आधा दर्जन प्याराग्लाईडिङहरु खसेका छन् । पाईलट हरि गिरीका अनुसार तालमा ३ वटा र नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको छ । उनले हालसम्म कुनै अप्रिय घटना नभएको बताए।

तालमा खसेका २ वटाको उद्धार भएको र अरु खोजि भैरहेको प्रहरीले जनाएको छ । मानवीय क्षतिबारे खुलेको छैन । प्रहरी खटाएर खोजी भैरहेको कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।

पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् । आईतबार मात्रै सय भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसैबीच, तालमा डुंगा पनि पल्टिएको छ । मान्छे सवार नभएका कारण मानवीय क्षति नभएको फेवातालबाट पत्रकार मन गुरुङले जानकारी दिए । उनका अनुसार रेस्क्यु टोली खटिएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter