लेखनाथ, २९ जेठ / पोखरा लेखनाथ २६ अर्घौंमा रहेको लक्ष्मी माविले आफ्नो ६० औं वार्षिकोत्सवका अवसरम प्रतियोगितात्मक म्याराथन सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणबाट सुरु भएको म्याराथन सुन्दरीवजार,अर्घौंचोक, डाँडाकोनाक हुदै पुनः विद्यालयमा पुगेर सकिएको थियो । छात्र र छात्राका लागि छुट्टाछुट्टै आयोजना गरिएको उक्त दौडमा छात्रतर्फ निर्धारित साढे ३ किलोमिटरको दुरी १२ मिनेट ३२ सेकेन्डमा पार गर्दै कक्षा ८ का अनिल गुरुङ्गले प्रथम स्थान हासिल गरेका छन । त्यसैगरी कक्षा ९का क्रमस रुद्रबहादुर दर्जी, सन्दिप श्रेष्ठ, कृष्ण चौधरी र सविन भण्डारीले क्रमस द्धितीय,तृतीय, चतुर्थ र पाँचौं स्थान हाासिल गरे ।

यसैगरी छात्रातर्फको निर्धारित साढे ३ किलोमिटरकै दुरी १७ मिनेट ५ सेकेन्डमा पार गर्दै कक्षा १० की सञ्जु जैसवालले प्रथम स्थान हासिल गरिन । यसैगरी कक्षा १० कै सीता अधिकारी, कक्षा ७ की भुमीका जोसी, कक्षा ८ की सरिता गायक र  कक्षा ७ की अञ्जु गुरुङ्गले क्रमस द्धितीय,तृतीय, चतुर्थ र पाँचौं स्थान हाासिल गरेका छन ।

विद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यालयका शिक्षकशिक्षिकाहरु, विद्यार्थी एबम शुभचिन्तकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सिशुवा अस्पताल, वडा नं. २६ र २७ का स्वास्थ्यकेन्द्र , डाँडाकोनाक प्रहरी चौकी लगाएतको विशेष सहयोग रहेको थियो । प्रतियोगिता पश्चात आयोजित कार्यक्रममा वोल्दै विद्यालयको प्रधानाध्यापक ऋषिकेश बरालले सवैलाइ धन्यवाद ज्ञापन गरेका थिए भने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण जि.सी.ले विहीवार हुने वार्षिकोत्सवको कार्यक्रमलाई सफल पार्न सवैको सहयोगको अपेक्षा गर्दै मुल कार्यक्रमको दिन प्रभातफेरी समेत गरिने वताउदै उपस्थितीका लागि आग्रह गरेका कुरा सूचना अधिकारी ठाकुरप्रसाद घिमिरेले जानकारी दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter