मोरङ । झट्ट हेर्दा वैज्ञानिक वन व्यवस्थापन जथाभावी रुख कटान जस्तो देखिएपनि त्यस्तो कटान नभएको तर पनि नयाँ विरुवा हुर्काउन भने केही कठिन रहेको उपभोत्ताहरुले बताएका छन ।

मोरङको सुन्दरहरैचामा रहेको लाटिझोडा साझेदारी वन उपभोक्ता समूहका सदस्य लालबहादुर वस्नेत वैज्ञानिक वन व्यवस्थापनका बारेमा आम उपभोक्तालाई बुझाउन नसक्नु ठुलो समस्याका रुपमा रहेको बताउँछन । विरुवाका लागि आवश्यक पर्ने वातावरण तयार गर्न र विरुवा हुर्काउन खुल्ला चरिचरण, विरुवा मर्ने, राम्रो संरक्षण गर्न नसक्नुले भनेजस्तो सजिलो वैज्ञानिक वन व्यवस्थापन नरहेको बस्नेतको बुझाइ छ ।

जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत सल्लाहुदिन अन्सारीले वैज्ञानिक वन व्यवस्थापन र लाटिझोडा साझेदारी वनमा हाल सखुवा भन्दापनि वढी करमा, अस्मा लगायतका रुखहरु रहेको र यस्ता कुकाठहरुलाई हटाएर सखुवाको विरुवा लगाउने कार्य भइरहेको बताँउछन । सो साझेदारी वन उपभोक्ता समूहका संयोजक रुद्र प्रसाद पोखरेलले हेर्दा जथाभावी कटान जस्तो भएपनि कुकाठहरुलाई हटाउने र काम लागने बिरुवा हुर्काउने अभियान साझेदारी बनको रहेको बताए ।
सो साझेदारी वनका कुप नं. १, २ र ३ मा सखुवा भन्दापनि करमाका विरुवाहरु वढी मात्रामा पाइएको छ ।

सखुवा नभएको स्थानमा विरुवा ल्याएर रोप्ने काम पनि भइरहको छ । २० देखि २५ वर्ष भित्रमा आम्दानी दिने भएकाले करमालाई पनि छिटो आम्दानी लिनका लागि भएपनि हुर्काउनुपर्ने बाध्यता रहेको बन समुहका पदाधिकारीहरु बताउँछन । नेपाल पत्रकार मञ्चको आयोजनामा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया तथा वन अवलोकन कार्यक्रममा पत्रकारहहरुले समेत सो बनको अबलोकन गरेका छन ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter