अनुराग अधिकारी पोखरा, असार ३ / अनुपम म्युजिक पोखरा तथा कास्की मल्टी मिडियाद्धारा आयोजना गरिएको १ सय २८ औं उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।  तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि वैदाम केवल नेटवर्क प्रालिका अध्यक्ष एवम् पोखरा टेलिभिजनका निर्देशक मनोज गुरुङले महिला हक र अधिकारका विषयमा सजग गराउन साथै महिला हिंसा विरुद्धको अभियानमा लाग्न यस्ता खालका तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाँले महिलालाई सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्नका लागी तालिममा सहभागी मध्ये उत्कृष्टलाई पोखरा टेलिभिजनले अवसर प्रदान गर्ने पनि बताउनुभयो ।त्यस्तै कार्यक्रमका विशेष अतिथि हिसान कास्कीका अध्यक्ष रामजी शर्माले समाज रुपान्तरणमा उद्घोषण तथा भाषणकला तालिमको आवश्यक रहेको बताउँदै देशलाई समृद्ध बनाउन महिलाको क्षमता अभिवृद्धि गराउनुपर्नेमा जोड दिनुभयो।

तालिमका प्रशिक्षक एवम् अनुपम म्युजिक पोखराका प्रवन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो संस्थाले कुृरामा भन्दा उपलब्धिमा ध्यान दिने गरेको बताउँदै प्रशिक्षार्थीहरुलाई सक्षम बनाउन संस्थाले राम्रो व्यवस्थापनका साथ तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

अनुपम म्युजिक पोखराका संरक्षक विरेन्द्रमान पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार रामभक्त जोजिजू, सन्तोष पराजुृली र दुर्गा मगरले आफनो गीत प्रस्तुत गर्नुभएको थियो । गंगा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षार्थीहरु लक्ष्मी अधिकारी, सुनिता शर्मा, देवी पनेरु, मिना पोख्रेल, मधु भण्डारी, डिलमाया अधिकारी, सरु आचार्य, स्मृति श्रेष्ठ सावीत्री आचार्य, अस्मिता अर्याल, शारदा सापकोटा, शुशिलासापकोटा, शान्ति अधिकारी, रमा पौडेल, शान्ति आचार्य लगायतले तालिम सम्बन्धि आफना व्यक्तिगत धारणा व्यक्त गर्नुभएको थियो । तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter