काठमाडौं, असार १० । साउदी अरबमा महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै साउदीका महिलाले खुशियाली मनाएका छन् ।

महिलाले पनि गाडी चलाउन पाउनु पर्छ भन्ने अभियान चलाएका महिलाले आफ्नो जित भएको भन्दै खुशीयाली मनाएका हुन् ।

विश्वमा साउदी अरेबिया मात्रै यस्तो देश थियो जहाँ महिलालाई गाडी चलाउनमा प्रतिबन्ध लगाइएको थियो ।

प्रतिबन्ध फकुवा गरेसँगै दुई हजार भन्दा बढी महिलाले लाइसेन्स लिएका छन् ।

यसअघि सन् १९९० मा रियादमा सवारी चलाएका कारण दर्जनौं महिला पक्राउ परेका थिए ।(एजेन्सी)

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter