जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५ छापाका सुशील जिसी रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीले दिएको जानकारीअनुसार सवारी ज्यान मुद्दामा अदालतले एक वर्ष ११ महिना दुई दिन कैद सजाए तोकेको दमाईलाई बेनी नगरपालिका–७ बाट पक्राउ गरी कारागार चलान गरिएको छ।

त्यसैगरी चोरी मुद्दामा चार वर्ष एक महिना १० दिन कैद सजाय तोकेको खत्रीलाई बेनपा–६ छापाबाट पक्राउ गरी अदालतको आदेशानुसार कारागार चलान गरिएको छ भने सोही मुद्दाका अर्का अभियुक्त सुशील जिसीलाई शनिबार निजको घरबाट नै पक्राउ गरी आइतबार अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ। रासस

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter