तेह्रथुम । म्याङलुङको जिरिखिम्ती बजारदेखि मोराहाङ सम्मको सडक निर्माण भएको करिब २५ बर्ष भएपनि नियमित सवारी चल्न नसक्दा स्थाानीयलाई सास्ती भएको छ । जिरिखिम्ती मोराहाङ कृषि सडक खण्डमा ठेकेदारले गुणस्तरीय काम नगर्दा सवारी चल्न नसकेको हो । उक्त सडकखण्ड बर्षायाम शुरु भएसंगै हिलाम्य भएपछि अहिले सबै किसिमका सवारी ठप्प नै छन् । आ.व.०७२÷७३ मा निर्बाचन क्षेत्र सडक अन्र्तगत छनौटको योजनामा परेको १२ किलो मिटर उक्त सडकमा सांसद भवानी खापुङ्गले पाँच करोड लगानी गरे पनि ठेकेदारले गुणस्तरीय काम नगर्दा उक्त सडक लथालिङ्ग जस्तै भएको छ ।

सडकको स्तरउन्नती नहुँदा मेन्छ्यायेम गाँउपालिकाबासीलाई सास्ती भएको छ । सडक निर्माण सुरु भएको २५ बर्ष सम्ममा करिब दश करोड भन्दा बढी उक्त सडकमा लगानी गरिए पनि सडक अवस्था उस्तै रहेको आम्बुङका युवराज श्रेष्ठले बताए । उनले भने ‘मोरहाङ क्षेत्रका नागरिकहरु सदरमुकाम र जिल्ला अस्पताल आउँदा पैदल हिड्न बाध्य छन् । ’ । मोराहाङबासी प्रतिनिधीसभा सदस्य समेत रहेका खापुङ दुई पटक सांषद भए पनि आफ्नो आफ्नो घर जाने बाटो समेत मर्मत गर्न चासो नदिएको भन्दै म्याङलुङ स्थानियले गुनासो गरेका छन् ।

बजारको रुपमा बिस्तार हुदै गएका आम्बुङको सन्सारी बजार भित्रको सडक समेत हिलाम्य भएपछि यहाँ हिड्ने बटुवालाई मात्र नभएर सडक आसापासका बजारबासीलाई समेत सास्ती भएको स्थानीय चन्द्रकला लिम्बुले बताईन् । जिरिखिम्तीबाट मोराहाङ सम्म पुग्ने १२ किलो मिटर सडक सांषद बिकास कोषबाट बिनियोजित पाँच करोडले मोराहाङ बजारबाट सडक निर्माण कार्य सुरु गरिए पनि ठेकेदारले गुणस्तरीय काम नगर्दा स्थानीयबासीलाई सास्ती भएको मेन्छ्यायेम गाउ पालिकाका भिमप्रसाद भट्टराईले बताए । ‘करोडौको लगानी वालुवाको पानी भएको छ’ उनले भने ।

सडकमा लगानी भएको रकमले यस अघिनै उक्त सडक कालोपत्रे भईसक्नु पर्ने भए पनि अहिले बर्षाका कारण उक्त सडक क्षत्बिक्षत् छ । सडकमा साना सवारी साधन समेत चलाउन समस्या भए पछि यहाँका नागरिकहरु अहिले आफ्नो मोटरसाईकल घरमै थन्काएर हिलाम्य सडकमा पैदल यात्रा गर्न बाध्य भएको स्थानिय शिक्षक नेत्र लिम्बुले बताए । सांसद बिकास कोषकोबाट सडक मर्मतका लागि जिम्मेवारी पाएको आई.पी. निर्माण सेवाले गुणस्तरकाम नगरेको भन्ने उजुरी समेत परेकोले यसको बिबरण बिभागमा समेत पठाई सकिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले जानकारी दिए ।
यता प्रतिनिधी सभा सदस्य खापुङले बजेट बिनियोजन गरेपछि सडकको स्तरको बारेमा चासो राख्ने जिम्मा स्थानीयबासीको भएको बताएका छन । उनले भने ‘सरोकारवालाले समय मै चासो नदिँदा सडकको यस्तो हालत भएको हो ।’

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter