काठमाण्डु, १३ असार – रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन् । जसमध्ये ५ पटकको विश्वविजेता ब्राजिल रहेको समूह ई को दुई खेल पनि राती ११ः४५ बजे हुनेछ । यस समूहबाट अन्तिम १६ मा पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी रहेकोले आजको दुवै खेल उत्तिकै महत्वपूर्ण छ ।

लगातार दुई खेल हारेको कोस्टारिका मात्र समूह चरणबाट बाहिरिएको छ । बाँकी ३ टिम अन्तिम १६ मा पुगेन होडमा छन् । तर कोस्टारिका र स्वीट्जरल्याण्डबीचको खेल पनि नतिजाको लागि निर्णायक हुन सक्छ । दुई खेलपछि ब्राजिल र स्वीट्जरल्याण्डको समान ४ अंक छ । यी दुईले पहिलो खेलमा बराबरी खेलेका थिए भने ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई हराउँदा स्वीसले पुनरागमन गर्दै सर्बियालाई पराजित गरेको थियो । पहिलो खेलमा कोस्टारिकालाई पराजित गरेको सर्बियाको ३ अंक छ ।

सन् २००२ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यका साथ रसिया पुगेको ब्राजिलले सर्बियासँग बराबरी नतिजा निकालेमा पनि अन्तिम १६ मा स्थान पक्का गर्नेछ । यदी ब्राजिल र स्वीट्जरल्याण्ड दुवैले जितेमा दुवैको ७ अंक हुनेछ र गोलअन्तरमा समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ । सर्बियाले भने अन्तिम १६ मा स्थान बनाउन ब्राजिललाई हराउनै पर्नेछ । यदी ब्राजिलसँग बराबरीमा रोकिएमा कोस्टारिकाले ठूलो अन्तरमा स्वीट्जरल्याण्डलाई पराजित गरे सर्बियाको सम्भावना रहन्छ ।

स्वीट्जर्ल्याण्डले पनि कोस्टारिका विरुद्ध बराबरी नतिजा निकाले अन्तिम १६ मा पुग्नेछ । सर्बिया स्वतन्त्र भएपछि ब्राजिलसँग खेल्ने लागेको पहिलो विश्वकप हो । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको थियो ।सर्बिया युगोस्लोभियामा रहँदा ब्राजिलसँग ४ पटक विश्वकपमा खेलेको थियो । जसमा दुवैले १–१ खेल जितेका थिए भने २ खेल बराबरी भएको थियो । यस्तै सन् १९३० को पहिलो विश्वकपमै युगोस्लाभियाले ब्राजिललाई पराजित गरेको थियो ।

उता स्वीट्जल्याण्ड र कोस्टारिका एकआपसमा खेल्न लागेको यो समग्रमा तेस्रो तथा ठुलो प्रतियोगितामा पहिलो हो । यसअघिको भेटमा दुवैले एक(एक खेल जितेका थिए। सन् २००६ मा स्वीट्जरल्याण्ड विजयी हुँदै २०१० मा कोस्टारिका विजयी भएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter