उत्तर कोरियाली शासक किम जोंग उनले आफ्ना एक शीर्ष सेनाधिकारीलाई सार्वजनिक रुपमा ९० वटा गोली हानी हत्या गरेका छन् । किमले यसको जिम्मा मृत्युदण्डको सजायँ तोकिएका ९ जनालाई सुम्पिएका थिए ।

लेफ्टिनेन्ट जनरल ह्योंग जू–सोंगमाथि जवानलाई तोकिएको भन्दा धेरै खाना र इन्धन बाँडेका आरोप लागेको थियो । उनलाई अधिकारको गलत प्रयोग गरेको र देशद्रोहको दोषी ठहराइएको थियो । यसअघि पनि किमले बैठकमा सुतेको भन्दै आफ्ना सुरक्षा प्रमुख ह्योंग योंगको हत्या गराइसकेका छन् ।

द सनको रिपोर्ट अनुसार सैन्य अफिसरलाई राजधानी प्योंगयांगस्थित मिलिट्री एकेडेमीमा मृत्यु दण्ड दिइएको हो । ह्योंगले अप्रिल १० मा सेटेलाइट लञ्चिङ स्टेशनको निरिक्षण गरेका थिए । उनले परमाणु हतियार र रकेट बनाउनका लागि आफूहरु थप भोको बस्न नसक्ने बताएका थिए । त्यतिबेला सेनाका यी अधिकारीले जवानका परिवारलाई दिइने रासनमा वृद्धि गर्न निर्देशन दिएका थिए ।

तर उनको यस्तो आदेशलाई किमले देशद्रोहको संज्ञा दिँदै उनलाई मृत्युदण्डको सजायँ तोके ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter