काठमाण्डौ, १७ असार – आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारहरुलाई मलेसिया सरकारले आजदेखि पक्राउ गर्ने भएको छ । वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि मलेसिया सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो ।

मलेसियामा हाल एक लाख भन्दा धेरै नेपाली कामदारहरु रहेका छन् । त्यसमध्ये केही विगत लामो समयदेखि मलेसियामा अवैधानिक रुपमा बसिरहेका छन् । वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदारसहित उनीहरुका रोजगारदातालाई पनि कारवाही गरिने मलेसिया सरकारले जनाएको छ ।

कामदार दोषी पाइएमा उनीहरुलाई ५० हजार रिंगिट जरिवार र ५ वर्षसम्मको जेल वा दुवै सजाय हुन सक्ने मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । मलेसियाले अबैद्य रुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो ।

नेपाली दूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ । श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारसंग मलेसिया सरकारले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्क खारेज नगरेसम्मका मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter