इङ्ल्याण्ड विरुद्धको पहिलो एकदिवसिय खेलमा भारत ८ विकेटले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ । नटिङघममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टिमले ४० ओभर ५ बलमा दुई सय ६८ रनमा अलआउट भयो ।

उसका लागि जोस बट्लरले ५३ तटथा बेन स्टोकले ५० रनको योगदान गरे । यस्तै जेसोन रोय र जोनी ब्रेस्ट्रोले समान ३८–३८ रन बनाए । यस्तै मोयन अलीले २४ रन थपे । इङल्याण्डको पारीलाई कमजोर पार्न कुलदिप यादवले करियरकै उत्कृष्ट बलिङ गरे । जसमा उनले १० ओभरमा २५ रन खर्चिदै ६ विकेट लिए ।

जवाफमा भारतले रोहित शर्माको उत्कृष्ट ब्याटिङका कारण ४० ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो भारतका लागि शर्माले अविजीत एक सय ३७ रन बनाए । जसमा १५ चौका र ४ छक्का सामेल थियो । यस्तै शिखर धवनले ४० र कप्तान विराट कोहलीले ७५ रन बनाए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter