काठमाडौं, असार २९-डा गोविन्द केसीको समर्थनमा आन्दोलनरत डाक्टरहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा डाक्टरहरुले डा केसीका मागहरु छिट्टै सम्बोधन गर्न सरकारसँग माग गरेका थिए। त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
उनीहरुले शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । प्रदर्शनका क्रममा उनीहरुले माइतीघरमा ओपिडी सेवासमेत दिएको आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डेले बताए । अनशनरत डा केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै डाक्टरहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।