काठमाडौ‌ं, असार २९ – उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीसबीच भेट भएको छन् । सिंहदरबारस्थित उर्जामन्त्रालयमा आज भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरे । उनले आफु उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा,जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको जानकारी समेत दिए । मन्त्री पुनले प्रशारण लाइनको गुरु योजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानिकर्तालाई लगानी गर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राखे । उनले वर्तमान सरकारको नीति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागि नयाँ नीति ल्याउने र केही नीतिमा परिमार्जन गर्ने तयारी भइरहेको बताए ।

भेटमा राजदूत मोरीसले उर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए । वैकल्पिक उर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआईडीमार्फत काम भइरहेको जानकारी दिनुहुंदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्र्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वयात्मक ढंगले काम गर्न आफुहरु तयार रहेको धारणा समेत राखे ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter