बर्खास्तीमा परेका नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउद सरकारको निर्णय बिरुद्द अदालत गएका छन् । आफुलाई गैरकानुनी ढंगले हटाइएको भन्दै साउदले पुनर्बहालीको माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन, साउदले आफ्नो रिट निवेदनमा आफुले पनि लोकसेवा आयोगको जसरी नै परीक्षा दिएर कानुनी प्रकृयाबाट नियुक्त भएको र कार्यकाल पुरा नभई हटाउन नमिल्ने जिकिर गरेका छन। साउदले कानुनविदहरुसंग छलफल गरेर रिट दायर गरेका हुन्। उनको रिटको पेशी आइतबारको लागि तोकिएको छ ।

असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पुर्ववर्ति देउवा सरकारले गरेको नियुक्ति खारेजी गर्ने निर्णय गरेपछी साउद पनि बर्खास्तीमा परेका हुन। प्रधानमन्त्री कार्यालयले शुक्रबार नै चन्द्रसिंह साउद पदमुक्त भएको जानकारी गराएको थियो। तर पदमुक्त भएको पत्र आईतबार मात्र  बुझाईको हो।

पूर्ववर्ती देउवा नेतृत्त्वको सरकारले गत असोज २३ गते साउदलाई ४ बर्षका लागि नेप्सेको महाप्रबन्धकमा नियुक्त गरेको हो। नेप्सेको महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा सिफारिस गरिएका ३ जना मध्ये मन्त्रिपरिषद्को बैठकले साउदलाई नियुक्त गरेको हो।

सरकारले तत्कालका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को व्यवस्थापनको जिम्मा अर्थका उपसचिव रमेश अर्याललाई दिने निर्णय गरेको छ। अर्यालले आजदेखि नै नेप्सेको व्यवस्थापनको जिम्मा सम्हालेका छन। नेप्सेले कार्यकारी प्रमुख नपाउँदासम्म अर्यालले नेप्सेको सीईओको जिम्मेवारी सम्हाल्नेछन।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter