असार २८, २०७५/ काठमाडौं – स्पेनी पत्रिका एल पाइले फ्रान्सको फूटबल क्लब पीएसजीका स्टार खेलाडीहरू किलियन एम्बाप्पे र नेयमारबीच तनाव रहेको खबर छापेको छ । ब्राजिलका सुपरस्टार खेलाडीले फ्रान्सेली स्टार एम्बाप्पेलाई लगातार जिस्काइरहेकाले दुईजनाबीच सम्बन्ध चिसिएको बताइएको छ ।

डीएगो टोरेसले लेखेको समाचारअनुसार, नेयमारले एम्बाप्पेलाई डोनाटेलो उपनाम दिए । एम्बाप्पेको अनुहार टीनएन म्युटन्ट निन्जा टर्टल्स कार्टूनका एक पात्र डोनाटेलोसँग मिल्छ भन्दै नेयमारले जिस्काएका हुन् । एम्बाप्पेले आफूलाई यो उपनाम मन नपरेको बताएपनि नेयमारले जिस्काउन छोडेनन् । एम्बाप्पेकी आमाले समेत पीएसजीको लकर रूममा आफ्नो छोरालाई सताइने गरेको भनी गुनासो गरेकी छन् ।

नेयमार जस्तै डानी आल्भेसले पनि एम्बाप्पेलाई सताएको टोरेस लेख्छन् । फेब्रुअरीमा खेलिएको एक खेलमा डानी र नेयमारले एम्बाप्पेलाई बलसमेत पास गरेनन् । पछि एम्बाप्पेले ‘मलाई किन बल पास नगरेको’ भनी सोध्दा नेयमार र उनीबीच चर्काचर्की भएको थियो ।

त्यसपछि उनीहरूबीच बोलचाल बन्द भएको टोरेसले दाबी गरेका छन् । नेयमार र आल्भेसले एम्बाप्पे आफ्नो तीव्र गतिमा बढी नै निर्भर रहेको विश्वास गर्ने गरेका छन् । अर्जेन्टिनाविरुद्धको खेलमा एम्बाप्पेले दौडिँदै गरेको दुई गोलपछि आल्भेसले टीनएज म्युटन्ट निन्जा टर्टल खेलौनाको फोटो पोस्ट गर्दै यस्तो क्याप्सन लेखे : ‘डोनाटेलो फास्ट छ, है ?’
टोरेसका अनुसार, आल्भेसले नेयमारको प्रभावमा परी यो फोटो पोस्ट गरेका हुन् ।

पीएसजीनिकट एक सूत्रले बताएअनुसार, क्लबले नेयमार र एम्बाप्पेलाई एकअर्काप्रति सार्वजनिक समर्थन गरेको देखाउन कन्भिन्स गरेको छ । अनि एम्बाप्पेले विश्वकप जिते भने त क्लबका लागि अत्यन्तै अप्ठ्यारो स्थिति आउन सक्छ । एम्बाप्पेले आफू नेयमारभन्दा राम्रो खेल्छु भनी नदेखाए हुन्थ्यो भन्ने पीएसजी चाहन्छ ।
एजेन्सी

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter