काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई सही बाटोमा हिडाउन लागेकाले कसैले थर्काएर नथर्किने बताएका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ,’ प्रधानमन्त्री ओलीले भने ‘यो सरकारले जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय लिने काम गर्दैन।’ अन्य सरकार भन्दा यो सरकार फरक रहेको बताए।  ‘यो सरकारका उद्देश्य अन्य सरकारका भन्दा फरक छन्’ प्रधानमन्त्री ओलीले भने, ‘वर्तमान सरकारले देशलाई थितीमा हिडाउन चाहेको छ।’

जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी र सामाजिक न्याय हुन नदिनेले सरकारविरुद्ध अफवाह फैलाएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्छ।’

दुई–चार महिना मै समृद्धि हासिल गर्न नसकिने बताउँदै धैर्य गर्न ओलीले आग्रह गरे। ‘चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ’,  ओलीले भने, ‘निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधान विपरीत ग¥यो। यस्ता विषयलाई हामीले कानुनी बाटोमा ल्याएका छौँ।’

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter