साउन-२, काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले मतहतका निकायलाई सुत्केरी भत्ता दोब्बर गर्न परिपत्र गरेको छ । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा आमा सुरक्षा कार्यक्रमको लागि गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर बनाउने व्यवस्था भएको र सो व्यवस्था तत्काल लागू गर्न विभागले परिपत्र गरेको हो ।

साउन १ गतेदेखि यो नियम लागू हुनेछ । यो रकम सरकारी अस्पताल, सरकारी स्वास्थ्य संस्था एवं आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त निजी तथा सामुदायीक अस्पतालबाट पाउने छन् ।

हाल हिमाली जिल्लाका सुत्केरीले सुत्केरी भत्ताका रुपमा १५ सय, पहाडी जिल्लामा एक हजार, तराईका जिल्लामा पाँच सयका साथै नियमित गर्भवती जाँच गरेबापत सबै गर्भवतीले चार सय पाउँदै आएका छन् । यी सबै रकममा दोब्बर गर्न विभागले निर्देशन दिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter