साउन-२, पोखरा / आज साउन २ बुधबार दुखि दिन ! देशभरि बिभिन्न स्थानमा १५ जनाको मृत्यु भएको छ । कयौं घाइते छन् ।प्राकृतिक बिपत्ति र दुर्घटनाले गर्दा मृत्यु भएका समाचारमा आएका घटनाहरु :

रुकुममा ७को मृत्यु
रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा मृत्यु हुनेमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १ का कुमार पुन र वुद्धिराज पुन, पुथा उत्तरगंगा २ का किरण पुन, ४ का अर्जुन विक, १२ का तिर्सना तुलाचन र १४ का सालेना वर्मा रहेका छन् । त्यस्तै बाँकेकी ललिता परियारको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सई वीरबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मुसीकोट नगरपालिका १२ का जयवीर कामी, पुथा उत्तरगंगा ११ का प्रतिमा बु्ढामगर, पुथा उत्तरगंगा २ का धनीराम पुन र सम्झना पुनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । ११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

पहिरोले बिभिन्न ठाउँमा ५को मृत्यु 

पर्वतमा एकको मृत्यु
गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट आएको पहिरोले बगाएको थियो ।

गोरखामा तिनको मृत्यु
गोरखाको शहिद लखन गाउँपालिका–६ अधेरीमा पहिरोले घर पुरिएर ३ जनाको ज्यान गएको छ । अविरल वर्षापछि खसेको पहिरोले नवराज कुवँरको घर भत्कँदा उनको १० वर्षीया प्रविना कुवँर, भान्जी २० वर्षीया सरु कुवँर र सरुकी आठ महिने छोरा युनिक कुवँरको ज्यान गएको स्थानीयले बताएका छन् । अविरल वर्षाका कारण बुधवार बिहान करिव ६ः३० बजे पहिरो खसेर उनीहरुको बसेको कोठा पुरिएको स्थानीय रामकृष्ण श्रेष्ठले बताए । कोठा फुटाएर हेर्दा उनीहरु मृत अवस्थामा भेटिएको उनले जानकारी दिए । नवराजकी भान्जी सरु पूजाको निम्तो मान्न मामाघर आएकी थिइन् ।

बागलुङमा एकको मृत्यु
मंगलवार दिउँसो देखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेका पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ वर्षीय बिकास परियारको मृत्यु भएको हो । बुधबार बिहान एक बजे एक्कासि पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले ८ घर पुरेको छ भने १० वटा घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिए ।

पर्वतमा खोलाले बगाउँदा एक को मृत्यु
पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो ।

कैलालीमा नदिमा डुबेर २को मृत्यु
नुहानउने क्रममा रोरा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका-२ बघौराका अन्दाजी १२/१३ वर्षका संगीता ढकाल र पुष्पा धमलाको र मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter