साउन ९, काठमाडौं / भारतको राजधानी नयाँ दिल्लीबाट लामो समयदेखि एउटा साँघुरो कोठामा थुनेर राखीएका १६ नेपाली चेलीको उद्धार गरिएको छ । उनीहरुलाई अवैध तरिकाले इराक, कुवेत लगायतका तेस्रो मुलुक लैजानका लागि दिल्लीको एउटा घरमा बन्धकसरह राखिएको अवस्थामा उद्धार गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालजनाएकी छिन ।

राति करिब १ः३० बजे मुनिरकास्थित एक घरमा दिल्ली महिला आयोगसहितको टोलीले छापा मारेको हो । छापा मार्ने क्रममा १६ नेपाली महिलालाई तेस्रो मुलुक लैजानका लागि बन्धकसरह राखेको अवस्थामा फेला पारिएको उनले बताइन् । उनका अनुसार १५ दिन अघि ७ महिलालाई इराक तथा कुवेत पठाइएको तथ्यसमेत फेला परेको छ ।

ती महिलालाई राखिएको घर बसन्त बिहार प्रहरी स्टेशनबाट ५०० मिटरको दुरीमा रहेको बताइएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter