काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई सांसद बनाउनका लागि रणनीतिक तयारी थालेको छ । नेकपाले गौतमलाई सांसद बनाउनका लागि डोल्पाबाट निर्वाचित सासद एवम् पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गर्न लगाउने तयारी गरिरहेको छ ।

गौतमलाई सांसद बनाउनका लागि नेकपाले डोल्पामा उवनिर्वाचन गर्नुपर्ने समाचार स्रोतले जानकारी दिएको छ । उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले राजीनामा दिनुपर्ने हुन्छ । नेकपाका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो आवश्यकता महसुस गरेको गौतमले बताएका छन् । राज्यमन्त्री बुढाको राजीनामाका बारेमा दुई अध्यक्षबीच छलफल शुरु भइसकेको जानकारी दिंदै नेता गौतमले भने, ‘संसदमा मेरो आवश्यकता पार्टीले महसुस गरेको कुरा हो, अन्य कुरा पछि जानकारी हुँदै जान्छ ।’

राज्यमन्त्री बुढाको राजीनामापछि उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई आग्रह गरिने पनि समाचार स्रोतले जानकारी दिएको छ । भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने तयारी भइरहेको स्रोत बताउँछन् । सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्ने गरी योजना बनाइरहेको समाचार स्रोतको दावी छ ।

राप्रपाबाट राजनीति शुरु गरेका बुढा राजीनामाको संघारमा

२०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । लामो समय राप्रपाको राजनीति गरेका बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए । गौतमलाई सांसद बनाउनका लागि पार्टीले बनाएको योजनाबारे राज्यमन्त्री बुढा अहिलेसम्म मौन छन् । उनले यस विषयमा अहिले आफू केहि नबोल्ने बताइरहेका छन् ।

गृह जिल्लामै पराजित भएका थिए गौतम

वामदेव गौतम गएको स्थानीय निकाय निर्वाचनमा गृह जिल्ला बर्दियाबाटै पराजित भएका थिए । बर्दिया–१ बाट उम्मेद्वार बनेका उनी कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भएका थिए । कांग्रेसका गौतमले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवको पक्षमा ४४ हजार ७६ मत खसेको थियो । तर, पार्टीभित्रकै अन्तरघातका कारण वामदेव पराजित भएको भन्दै तत्कालीन एमालेले छानबिन समिति गठन गरेको थियो । चुनावमा भएको आफ्नो पराजयप्रति गौतमले चित्त दुखाई गर्दै आएका थिए ।

कृषि मन्त्रालय फेरि फुटाइँदै, मन्त्री अर्याललाई बढुवा गरेर राज्यमन्त्री थपिने

नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिनामै फेरि एक मन्त्रालय फुटाइने भएको छ ।सरकारले एक राज्यमन्त्री थप्ने योजनासहित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय टुक्र्याउने तयारी थालेको छ । फुटाइएको कृषि मन्त्रालय एउटा र भूमि सुधार तथा सहकारी अर्को बन्ने जनाइएको छ । हाल कृषिमन्त्री चक्रपाणि खनाल छन् । अब भूमि सुधार तथा सहकारी मन्त्रालय बनेपछि हालकी स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालको बढुवा हुने स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय फुटाएपछि नेकपाकी नेतृ अर्याल भूूमि मन्त्री बन्ने छिन् । राज्यमन्त्री थपिएमा ओली सरकारमा मन्त्रीहरूको संख्या २५ पुग्ने छ । संविधानको धारा ७६ को उपधारा ९ मा संघीय सरकारको मन्त्रीपरिषदको संख्या २५ मात्रै बनाउन पाउने प्रावधान छ । यद्यपी, कृषि मन्त्री खनालले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

उनी मन्त्रीमा बढुवा भएमा खाली रहने स्वास्थ्य राज्यमन्त्रीमा संघीय समाजवादी फोरमबाट आउने छन् । फोरमका अध्यक्ष उपेन्द्र यादव स्थास्थ्य मन्त्री छन् । त्यसका लागि सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताबीच छलफल भइरहेको जनाइएको छ ।

http://www.nayapage.com बाट साभार 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter