पोखरा, साउन १० । सडकमाथीको अब्यवस्थित रुपमा झुण्डिएका तारलाई धमाधम काट्न थालिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले गुजुल्टो पारेर राखिएका अब्यवस्थित रुपमा झुण्ड्याईएका तारहरु काटेको हो ।

वडाध्यक्ष शंकरप्रसाद बास्तोलाका अनुसार त्यस क्षेत्रमा सेवा दिएका दुरसञ्चार कम्पनी, केवुल र इन्टरनेट तथा विजुलीका तार ब्यवस्थापन गर्न लागिएको हो । गुजुल्टो पारेर राखिएको तारमा केही दिनअघि सर्ट भएर आगलागी भएको थियो ।

‘गुजुल्टो तारले शहरको स्वरुप नै विगार्यो । अनि विद्युत सर्ट भएर बेलाबेला आगलागी पनि भैसकेको छ, उनले भने–पोखरालाई स्मार्ट सिटी बनाउने भनिएको छ । त्यसको सुरुवात वडाबाटै गर्ने हो । ४ नम्बर वडा त्यसकै अभियानमा छ ।’ वडाले बुधबार दिनभरी दुईवटा पोलको गुजुल्टो हटाएको उनले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter