पोखरा : गण्डकी प्रदेश स्तरीय पर्यटन फोटो प्रतियोगिताका विजेता घोषणा गरिएको छ। गण्डकी प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको गण्डकी प्रदेश स्तरीय पर्यटन खुल्ला फोटो प्रतियोगिताको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको उपस्थितीमा घोषणा भएको हो।

पर्यटकीय गतिविधि र गतन्ब्य  गरी दुई विधामा प्रतियोगिताको आयोजना भएको थियो। पर्यटकीय गतिविधि विधामा मेरिट मर्हजनको फोटो प्रथम, देब डंगोल दितिय, आदित्य चन्द तृतिय र सान्तवनामा देव डंगोलको फोटो छनोट भएको छ।  त्यस्तै  पर्यटकीय गतन्ब्य विधामा प्रकास बुढाको फोटो प्रथम, उमिद शाक्य दितिय, गेहेन्द्र गुरुङ तृतीय र शिरीष बिसीको फोटो सान्तवना भएको छ।  फोटो पत्रकार क्लब ,नेपालको व्यवस्थापनमा सबैलाई खुल्ला गरिएको प्रतियोगिता यही असार १९ देखी साउन ५ गतेसम्म अनलाइनबाट छनोट गरिएको थियो।

प्रतियोगितामा पर्यटकीय गतिविधिमा ११९ र पर्यटकीय गन्तव्य विधामा ३३९  फोटोहरु गरी कुल ४५८ वटा तस्बिर प्राप्त भएका थिए। मन्त्रालयका सह सचिव दिवाकर पौडेलको अध्यक्षता रहेको निर्णायक मण्डलमा नेपाल पर्यटन बोर्ड  पोखरा प्रमुख सुर्य थपलिया, फोटो पत्रकार क्लबको अध्यक्ष विकास कार्की ,राष्ट्रिय फोटोपत्रकार समूह कास्कीका पूर्व अध्यक्ष कृष्णमणी बराल र नागरिक दैनिकका फोटोपत्रकार विजय गजमेर थिए।

यसरी प्रदेश स्तिरीय फोटो प्रतियोगिता आयोजना हुनु भनेको फोटोको महत्व बढ्नु हो भने नेपालको फोटोग्राफीमा झनै निखार आउने फोफो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीको भनाइ छ। नेपाल पर्यटन बोर्डले यस किसिमको गतिविधि गदै आइरहेको र बोर्डको आफनो विज्ञता पनि भएकाले प्रदेशको पर्यटन मन्त्रालयले गरेको कार्यक्रमलाई सदैब सहयोग रहने बताउदै पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले भने प्रदेशमा पनि पर्यटन सम्बन्धी फोटो प्रतियोगिता भएकोमा खुशी व्यक्त गरे।

गण्डकी प्रदेश स्तरीय पर्यटन खुल्ला फोटो प्रतियोगिताको प्रत्येक विधाका प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेले नगद क्रमशः ३०, २०, १५ र १० हजार रुपैयाँ  पुरस्कार प्राप्त गर्ने छन्। पोखराको डयामसाईटस्थित नेपाल पर्यटन बोर्डमा प्रतियोगितामा उत्कृष्ट छानिएका ५० तस्बिरको प्रदर्शनी गरिनेछ। प्रदर्शनीकै समयमा विजेतालाई पुरस्कार प्रदान गरिनेछ।

अन्नपुर्ण पोष्ट बाट साभार 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter