पोखरा न्यूज -१२, साउन / पृथ्वी राजमार्गको खैरेनीटार कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका–५ झरौटामा शुक्रबार अपराह्न ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका–३३ बस्ने ३२ वर्षीय राजकुमार विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

खैरेनीटारबाट बेलचौतरा जाँदै गरेको ग१त १७४४ नं को ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ग१०प ५९८९ नं को मोटरसाइकल एकआपसमा ठोक्किँदा विकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका विकको दुलेगौडाको जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा सामान्य उपचार गरी फिस्टेल अस्पताल पोखरा पठाइएकामा उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter