काठमाडौँ,साउन १२ – चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो ।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter