काठमाडौं,साउन १३- प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेर अमेरीका उडेकी प्रियंकाले अमेरिकाबाटै आयुष्मान र आफ्ना फ्यानलाई सरप्राइज दिएकी छिन् । उनले आफ्नो गर्धनमा‘आयांका’ लेखिएको ट्याटु खोपाएर सबैलाई सरप्राइज दिएकी हुन । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम ‘आयांका’ राखेका छन् ।

यो प्रियंकाको शरीरमा खोपिएको चौथो ट्याटु हो । यस अघि नै शरीरमा तीनवटा ट्याटु खोपाएकी प्रियंकाले चौथो ट्याटु आफ्नो र आयुष्मानको नाममा खोपाएकी छिन् ।  उनले ट्याटु शो गरेको एक तस्बिर सेयर गर्दै सधै‌ंभरीको माया भनेर क्याप्सन लेखेकी छिन् । ट्याटु खोपाएर प्रियंकाले आफ्नो र आयुष्मानको सम्बन्ध प्रगाढ रहेको देखाउन खोजेकी छिन ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter