साउन-१४, पोखरा / पोखरा पिएन क्याम्पस रोडबाट लागुऔषध सहित १ युवती पक्राउ परेकी छन् । पोखरा महानगरपालिका–१ कसेरी घर भई क्याम्पस रोडमा डेरा गरि बस्ने २३ बर्षीया रेनु तामाङ ७१ थान लागुऔषध सहित पक्राउ परेकी प्रहरीले जनाएको छ ।

तामाङलाई आइतबार दिउसो नुरफिन २४ थान, फेनारगन २२ थान तथा डाईजेपाम २५ थान सहित उनकै कोठाबाट पक्राउ गरिएको र थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter