भक्तपुर, साउन १६- मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै १७ वर्षीय छोरा सागर चापागाइको हत्या गरेका छन् ।

घरेलु विवादका कारण उनले गएराति आफ्नै कोठामा सुतिरहेका छोरा माथि मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन । छोराको हत्या गरी घरको एक तला माथिबाट हामफाली कोटेश्वरतर्फ भाग्दै गरेका डिल्लीरामलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त थिमिमा राखेर घटनाबारे थप अनुसन्धान थालेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter