साउन-१६, काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुदैँ गर्दा उक्त सरकारलाई अविश्वासको प्रसताव लैजाने तयारिमा रहेका तत्कालिन विपक्षी दलहरुको विरोधमा अझै भनौं प्रधानमन्त्री ओलीको समर्थनमा देशभरि नारा घन्किएको थियो । स्वतन्त्र रुपमा देश भरि समर्थन र्याली र विदेशमा रहेर बिभिन्न सामाजिक संजालहरु मार्फत तत्कालिन सरकार र प्रधानमन्त्री ओलीको व्यापक समर्थन युवाहरुले गरेका थिए । ओलीको बोलि, पुरा हुन्छ भोलि भन्दै नारा लगाउने युवाले तत्कालिन सरकारमा खासै केहि अनुभूति गर्न पाएनन् ।

बाम सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीको यो दोश्रो कार्यकालमा उनले व्यापक आलोचना खेप्दै आएका छन् । तर पहिला युवा हरुले ओलीको बोलि, पुरा हुन्छ भोलि भनेझैं अहिले ओली सरकारले बोलेको एउटा महत्वपुर्ण कदममा सफलता पाएको छ । केहि महिना अगाडी सार्वजनिक रुपमा प्रधानमन्त्रीले उद्घोष गरेका थिए, अब विराटनगर स्थित भारतीय फिल्ड अफिस हट्छ  ।

उनले यसरि भनिरहदा सामाजिक संजालमा उनको व्यापक आलोचना भएको थियो, धेरैले यसलाई फेरी अर्को हावा गफको रुपमा हेरेका थिए । तर त्यहि क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा बिराटनगरको फिल्ड अफिस हटाउन भारतीय पक्षसँग कुराकानी गरेका थिए । र भारतीय पक्षले त्यसलाई हटाउने जानकारी पनि दिएको थियो।

भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो ।  भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको छ ।

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर, त्यसलाई पछि बिराटनगरमा सारियो र बलजफ्ती राखियो । कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।

नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले जनाएको छ ।

भारतीय क्याम्प अफिसले बाहिरीरुपमा एकखाले काम गर्ने भने पनि भित्रीरुपमा चाहिँ नेपालको आन्तरिक मामिलामा जासुसीसमेत गर्दै आएको सरकारी अधिकारीहरुले सूचना पाएका थिए । उत्तरमा चिनियाँ नाकासम्मको गतिविधि नियाल्नेदेखि पूर्वी नेपालमा राजनीतिक चलखेलसम्मका गतिविधि बिराटनगरस्थित भारतीय क्याम्प अफिसबाट हुँदै आएको नेपाली पक्षको गुनासो रहँदै आएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter