काठमाडौं,साउन १६- बंगलादेशमा इन्टनसिप गरिरहेका एक नेपाली डाक्टरले आत्महत्या गरेका छन् । हेटौंडा घर भएका रवीकुमार श्रीवास्तवले बुधवार बिहान ११: ३० बजे होस्टेलमा झुन्डिएर आत्महत्या गरेका हुन् । सन् २००९ मा बंगलादेश पढ्न गएका रवीकुमार कम्युनिटी बेष्ट मेडिकल कलेज ढाकामा एकसाता अघिदेखि मात्र इन्टनसिप गरिरहेका थिए ।

साथीसँगै बसेको उनी साथी बाहिर गएको बेलामा आफु बसेको रुममा अत्महत्या गरेको अवस्थामा भेटिएका प्रिन्सीपल पिए नुरे आलमले बताए । आफु बसेको होस्टलको ढोका लक गरेर आत्महत्या गरेको अवस्थामा भेटिएका रवीकुमार इन्टसिप सुरुगर्नु अघि नेपाल आएर फर्किएका थिए । उनले आत्महत्या गर्नुको कारण भने  खुल्न सकेको छैन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter