काठमाडौं, साउन १८ – नेकपाकी सांसद निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । बिहीबार दिनभरीमा शंकास्पद ९० जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीले जनाएको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

उनीहरुलाई वृत्तमै राखेर सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि सादा र पोषाकसहितका प्रहरी खटाइएको छ । सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी थिइन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter